बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

तारकेश्वर गाउँपालिकाको अध्यक्षमा शिव अधिकारी विजयी, उपाध्यक्षमा रिमाल

सोमबार, ०२ जेठ २०७९, १९ : ५७
सोमबार, ०२ जेठ २०७९

नुवाकोटको तारकेश्वर गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार शिव अधिकारी निर्वाचित भएका छन् । उनले एमालेका उम्मेदवार रमेश बहादुर वस्तीलाई पराजित गरेका हुन् । सोमबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनामा अधिकारीले ५६६५ मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी वस्तीले ३३४१ मत पाए । अधिकारीले वस्तीलाई २३२४ मतान्तरसहित हराएका हुन् । वस्ती यसअघि सोही गाउँपालिकाको अध्यक्ष रहेका थिए । 

यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका हरिप्रसाद रिमाल विजयी भएका छन् । उनले एमालेकै कोपिला भट्टराई पराजित गर्दै विजय हासिल गरेका हुन् । रिमालले ४६५८ मत प्राप्त गरे भने भट्टले ३३९२ मत प्राप्त गरिन् । सो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा सत्ता गठबन्धनबीच तालमेल भएको थियो भने एमाले एक्लै प्रतिस्पर्धामा थियो । 

यस्तै तारकेश्वर गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा काँग्रेसका चन्द्रबहादुर तमाङ, वडा नम्बर २ मा एमालेका शिव प्रसाद पनेरू, वडा नम्बर ३ मा काँग्रेसका सूर्यमान श्रेष्ठ, वडा नम्बर ४ मा एमालेका हरिप्रसाद पौडेल, वडा नम्बर ५ मा काँग्रेसका अशोक तामाङ र वडा नम्बर ६ मा एमालेका नारायणप्रसाद रिमाल निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप