मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसले एमालेबाट खोस्यो कीर्तिपुरमा मेयर-उपमेयर

सोमबार, ०२ जेठ २०७९, २० : १५
सोमबार, ०२ जेठ २०७९

काठमाडौंको कीर्तिपुर नगरपालिकामा नेपाली काँग्रेसका विजयी भएको छ । काँग्रेसबाट मेयरका उम्मेदवार राजकुमार नकर्मीले एमालेका रत्नकेशर बज्राचार्यलाई साढे चार हजार मत अन्तरले पराजित गरेका हुन्। 

काँग्रेसका नकर्मीले ९ हजार ४३ मत ल्याउँदा एमाले बज्राचार्यले ५ हजार ५०७ मत मात्र पाए । उपमेयरमा काँग्रेसकी रुख चुनाव चिन्हमा लडेकी जनता समाजवादी पार्टीकी नेतृत्व शुभलक्ष्मी शाक्य विजयी भएकी छन्। उनले ८ हजार ८६५ मत पाएकी छन्। उनकी निकटतम प्रतिस्पर्धी एमालेकी बिन्दु महर्जनले ७ हजार २०६ मत पाएकी छन्। 

कीर्तिपुर काँग्रेसले १० मध्ये ९ वडामा अध्यक्ष जितेको छ। एउटा वडामा भने स्वतन्त्र उम्मेदवारले जितेको छ। ०७४ कीर्तिपुरको मेयर र उपमेयर एमालेले जितेको थियो। २०५४ सालमा नगरपालिका बनेको कीर्तिपुरमा पहिलो पटक काँग्रेसका राजकुमार नकर्मी मेयरमा निर्वाचित भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप