शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भरतपुर महानगरमा रेनु दाहाल र विजय सुवेदीबीच झिनो मतान्तर

सोमबार, ०२ जेठ २०७९, २० : १९
सोमबार, ०२ जेठ २०७९

भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र नेकपा एमालेका विजय सुवेदीबीच झिनो मतान्तर छ । १५ हजार ९३३ मत गनिसक्दा सत्तारुढ गठबन्धनकी उम्मेदवार रेनु दाहालले ५ हजार ३१३ मतसहित अग्रता लिएकी छन् ।

एमालेका विजय सुवेदीले भने ५ हजार ३१० मत पाएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ५३६ मत पाएका छन् । उपप्रमुखमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ६ हजार ४०२ मतसहित अग्रता लिँदा राप्रपाकी हिमला गुरुङले ४ हजार २९८ मत पाएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप