
ताप्लेजुङको मिक्वाखोलामा काँग्रेस विजयी

ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा गठन्धनका काँग्रेस उम्मेदवार भक्तबहादुर कार्की २०२३ मत ल्याएर अध्यक्ष निर्वाचित भएका छन् । उनले एमालेका दिवस लिम्बूलाई पराजित गरेका हुन् । लिम्बूले १९६४ मत पाएका छन् ।
उपाध्यक्षमा माओवादीका डण्डु शेर्पा लामा निर्वाचित भएका छन् । उनले २१७४ मत पाएर एमालेकी मिनाकुमारी केदेमलाई हराएका हुन् । मिनाकुमारीले १७४३ मत पाएकी छन् ।
पाँच वडा रहेको गाउँपालिकामा १ मा एमालेका रामकुमार लिम्बू, २ मा एमालेका झरेन्द्र थापा, ३ मा मच्छिन्द्र लिम्बू, ४ मा काँग्रेसका सदनकुमार साँवा र ५ मा माओवादीका ग्यान्जे शेर्पा निर्वाचित भएका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ