मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगरमा सागरभन्दा नागेश १५ सय मतले अगाडि, शिल्पासँग अमरेन्द्र १९ सय मतले पछाडि

सोमबार, ०२ जेठ २०७९, २० : ३९
सोमबार, ०२ जेठ २०७९

विराटनगर । विराटनगर महानगरपालिकामा गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेका नागेश कोइरालाले फराकिलो मतान्तर बनाएका छन् । पछिल्लो मत परिणाम अनुसार कोइरालाले हालसम्ममा ६ हजार ३ सय ४३ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका सागर थापाले ४ हजार ८ सय ३३ मत ल्याएका छन् ।

स्वतन्त्र उम्मेदवार उमेश यादवले २ हजार ३१ मत ल्याएका छन् । यस्तै उपप्रमुखमा भने एमालेकी शिल्पा निराला कार्कीले ५ हजार ४ सय ९८ मत ल्याउँदा गठबन्धनबाट जसपाका अमरेन्द्र यादवले ३ हजार ५ सय ७७ मत पाएका छन्  ।

राप्रपाकी विन्दा कुमारी लुइँटेल आचार्यले १ हजार ४ सय १९ मत पाएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप