बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

खोटाङका पाँचमध्ये ३ पालिकामा काँग्रेस विजयी

सोमबार, ०२ जेठ २०७९, २० : ५३
सोमबार, ०२ जेठ २०७९

मत परिणाम सार्वजनिक भएका खोटाङका ५ पालिकामध्ये नेपाली काँग्रेसले मात्रै तीनवटामा जित निकालेको छ ।  दश स्थानीय तह रहेको खोटाङमा ५ पालिकाको नतिजा सार्वजनिक भएको हो । ५ मध्ये ३ स्थानीय तहमा काँग्रेस तथा एमाले र माओवादी केन्द्र १÷१ पालिकामा जित्न सफल भएका छन् ।

काँग्रेसले जितेका पालिकामा साकेला गाउँपालिका, बराहपोखरी गाउँपालिका र केपीलासगढी गाउँपालिको अध्यक्षमा जितेको हो । एमालेले ऐँसेलुखर्क गाउँपालिका र माओवादीले जन्तेढुंगा गाउँपालिका अध्यक्षमा जित निकालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप