
काठमाडौंको शंखरापुरमा राप्रपा र एकीकृत समाजवादीको बराबरी मत

काठमाडौंको शंखरापुर नगरपालिकामा मतगणना कार्य अन्तिम चरणमा पुग्दा तीव्र प्रतिस्पर्धा देखिएको छ । वडा नम्बर १, २, ३, ८, ९ को मतगणना सम्पन्न भएर वडा नम्बर ७ र ४ को मतगणना जारी रहँदा प्रमुख पदमा राप्रपा र नेकपा एकीकृत समाजवादीका मेयरका उम्मेदवारको मत परिणाम बराबरी भएको छ ।
राप्रपा र नेकपा एसका प्रमुखका उम्मेदवारले २७ सय २८ बराबरी मत पाएका छन् । तेश्रो स्थानमा रहेको एमालेले २५ सय ८३ मत पाएको छ भने चौथो स्थानमा रहेको माओवादी केन्द्रले १९ सय १६ मत पाएको छ ।
राप्रपाको प्रभाव क्षेत्र रहेको वडा नम्बर ६ को मतगणना हुन बाँकी रहेको छ भने एमालेको प्रभाव क्षेत्र रहेको वडा नम्बर ५ को मतगणना हुन पनि बाँकी रहेको छ । शंखरापुरमा यसअघि वडा नम्बर १ को वडाध्यक्षमा माओवादी केन्द्र र वडा सदस्यमा नेकपा एसमा उम्मेदवारहरू विजयी भएका छन् । वडा नम्बर ३ मा राप्रपा विजयी भएको छ । यस्तै वडा नम्बर २, ८ र ९ मा नेपाली काँग्रेसका वडाध्यक्ष हरु विजयी भएका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ