बुलिङटार गाउँपालिका अध्यक्षमा एमालेका दीपेन्द्र निर्वाचित
सोमबार, ०२ जेठ २०७९, २१ : ३४
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को बुलिङटार गाउँपालिकामा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । नेकपा (एमाले)बाट गाउँपालिका अध्यक्षको उम्मेदवार बन्नुभएका २७ वर्षीय दीपेन्द्र सुनारी चार हजार ५९ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । सुनारीका प्रतिस्पर्धी नेपाली कांग्रेसका शशीकिरण बस्ताकोटीले तीन हजार ९०० मत प्राप्त गरे । बस्ताकोटी निवर्तमान गाउँपालिका अध्यक्षसमेत हुन् ।
त्यसैगरी, गाउँपालिका उपाध्यक्षमा भने नेपाली कांग्रेसकी दिलमाया राना मगर निर्वाचित भएका छन् । उनले चार हजार २७३ मत प्राप्त गर्दा एमालेकी उम्मेदवार भूमिका खण्डलुकले तीन हजार ५१९ मत मात्रै प्राप्त गरे । छ वटा वडा रहेको बुलिङटार गाउँपालिकाको पाँच वटा वडामा नेपाली काँग्रेसको प्यानलनै निर्वाचित भएको छ भने वडा नम्बर ५ मा नेकपा (एमाले)को प्यानल निर्वाचित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान शुभारम्भ
-
सिटिजन्स बैंक १८औँ वर्षमा प्रवेश, स्मार्ट बचत खातामा आकर्षक सुविधा
-
ऐसले फर्निचर शोरुम अब नेपालमा
-
३३ जनाले लिए काठमाडौँ महानगरभित्रका अस्पतालबाट निःशुल्क उपचार सेवा
-
‘पुजार सार्की’को गीत ‘दर्शन गरेँ‘मा आर्यन, प्रदीप र पलको कौडा नृत्य
-
राजेन्द्र लिङ्देनलाई बालेनले तोके जरिवाना