बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

डोटीको बोगटान फुड्सिलमा माओवादी र काँग्रेस विजयी

सोमबार, ०२ जेठ २०७९, २१ : ४४
सोमबार, ०२ जेठ २०७९

डोटीको बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का कमलबहादुर गड्सिला दुई हजार ५८ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का हस्तबहादुर बुढाले दुई हजार २४ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका डिलबहादुर बमले एक हजार ९३४ मत प्राप्त गरेका छन् ।

गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी विष्नादेवी बम विजयी भएका छन् । बमले दुई हजार ६३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बनेकी ज्ञानु मल्ल (बम) ले एक हजार ९९१ मत प्राप्त गरेकी छन् भने माओवादी केन्द्रकी कलावतीकुमारी चिमालले एक हजार ८७१ मत प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप