
धनुषाको विदेह नगरपालिकामा एमालेको अग्रता

धनुषा । धनुषाको विदेह नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेले अग्रता बनाएको छ । एमालेबाट प्रमुखका उम्मेदवार वेचन दास तत्माले ३ हजार ८१ मत सहित अग्रता बनाएका हुन् ।
सो पालिकाको प्रमुखमा एकीकृत समाजवादीका राज किशोर रोहिता यादवले २ हजार ७३६ मत ल्याएका छन् भने नेपाली काँग्रेसका योगेन्द्रप्रसाद यादवले एक हजार ३०३ मत पाएका छन् ।
यस्तै, उपप्रमुखमा नेकपा एमालेकै आशादेवी झाले ३ हजार २५७ मतसहित अग्रता बनाएकी छन् । उपप्रमुखमा नेकपा एकीकृत समाजवादीकी संजना अधिकारीले दुई हजार १५१ मत पाएकी छन् भने काँग्रेसकी सिमाकुमारी महतोले एक हजार ६०८ मत पाएकी छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ