शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तारकेश्वर नगरपालिकाको मेयर उपमेयर काँग्रेसको पोल्टोमा

मङ्गलबार, ०३ जेठ २०७९, ०७ : १६
मङ्गलबार, ०३ जेठ २०७९

काठमाडौंको तारकेश्वर नगरपालिकामा नेपाली काँग्रेसले जित हात पारेको छ । तारकेश्वरमा काँग्रेस उम्मेदवार कृष्णहरि महर्जन मेयर र सृजना बुर्लाकोटी उपमेयर जितेका हुन् । २०७४ मा एमालेले तारकेश्वरमा मेयर र उपमेयर जितेको थियो। यसपक भने मेयर उपमेयर नै काँग्रेसको पोल्टोमा परेको हो ।

महर्जनले ११ हजार ९ सय ८८ मतसहित नेकपा एमालेका रामेश्वर बोहरालाई पराजित गरेका छन्। बोहराले सात हजार ८ सय ८ मत ल्याएका थिए। ​बुर्लाकोटीले पनि १० हजार सात सय ८६ मतसहित  एमालेकी भवानी डोटेललाई हराइन् । डोटेलले आठ हजार ६ मत ल्याएकी थिइन्। यसअघि काँग्रेसले दक्षिणकाली र कीर्तिपुर नगरपालिका जितिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप