शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डिबला र किलिनीको बिदाई खेलमा युभेन्ट्स रोकियो

मङ्गलबार, ०३ जेठ २०७९, ०७ : २४
मङ्गलबार, ०३ जेठ २०७९

स्टार खेलाडी पाउलो डिबला र जर्जिओ किलिनीको बिदाई खेलमा २-० को अग्रता जोगाउन नसक्दा इटालियन सिरी ए खेलमा युभेन्ट्स लाजियोसँग २-२ गोलको बराबरीमा रोकिएको छ । 

घरेलु मैदान एलिएन्ज स्टेडियममा भएको खेलमा डुसान भ्लाहोभिच र अल्भारो मोराटाले गोल गर्दै युभेन्ट्सलाई २-० को सुरुआती अग्रता दिलाए । तर भ्रमणकारी टोली लाजियोको लागि सर्गेज मिलिन्कोभिकले एक गोल गर्दा युभेन्ट्सका एलेक्स सान्द्रोले आत्माघाती गोल गरे । 

खेलसंगै युभेन्ट्सले पाउलो र किलिनीको बिदाई गरेको छ । दुवैले सिजनको अन्त्यमा क्लब छाड्ने निर्णय लिएका थिए । बराबरीसँगै युभेन्ट्स ३७ खेलबाट ७० अंक जोडेर चौथो स्थान छ । समान खेलबाट लाजियो ६३ अंक जोडेर पाँचौँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप