बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

स्थानीय निर्वाचन : आज कहाँ-कहाँ हुँदैछ पुनः मतदान ?

मङ्गलबार, ०३ जेठ २०७९, ०७ : ३६
मङ्गलबार, ०३ जेठ २०७९

३० वैशाखमा स्थगित भएका क्षेत्रमा पुनः मतदान भइरहेको छ । आइतबार र सोमबार केही क्षेत्रमा मतदान भएकोमा आज मंगलबार काभ्रे, कञ्चनपुर, बाजुरा र अछाममा मतदान हुँदैछ ।

निर्वाचन आयोगका अनुसार आज काभ्रेको पाँचखाल नगरपालिका-१३ को श्रीराम मावि मतदान केन्द्र, कञ्चनपुरको पुनर्वास नगरपालिका-१० को विजय मावि मतदान केन्द्र, बाजुराको बुढीनन्दा नगरपालिका-८ को पिस क्रियटर एकेडेमी मतदान केन्द्र र अछामको पञ्चदेवल विनायक नगरपालिका-५ को नवज्योति मावि मतदान केन्द्रमा मतदान हुँदैछ । 

मंगलबार तनहुँको व्यास नगरपालिका-८ को भवन फेदी मतदान केन्द्रमा पनि पुनः मतदान हुँदैछ । पुनः मतदान गर्नुपर्ने अन्य मतदान केन्द्रमा पनि केही दिन भित्रमा मतदान गर्ने गरी सूचना प्रकाशन हुने आयोगले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप