विराटनगरको मेयरमा काँग्रेस र उपमेयरमा एमालेको मतान्तर फराकिलो
मङ्गलबार, ०३ जेठ २०७९, ०८ : ०६
विराटनगर महानगरपालिकामा गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेका नागेश कोइरालाले फराकिलो मतान्तर बनाएका छन् । पछिल्लो मत परिणाम अनुसार कोइरालाले हालसम्ममा ७ हजार ५९१ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका सागर थापाले ५ हजार ८२४मत ल्याएका छन् ।
स्वतन्त्र उम्मेदवार उमेश यादवले २ हजार ५४४ मत ल्याएका छन् । यस्तै उपप्रमुखमा भने एमालेकी शिल्पा निराला कार्कीले ६ हजार ६३३ मत ल्याउँदा गठबन्धनबाट जसपाका अमरेन्द्र यादवले ४ हजार २३७ मत पाएका छन् । राप्रपाकी विन्दा कुमारी लुइँटेल आचार्यले १ हजार ८०७ मत पाएकी छिन् । स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने १ हजार ४८६ मत प्राप्त गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्लिस प्रिमियर लिगमा घरेलु टोली एभर्टनले लिभरपुरलाई हरायो
-
गुजरात टाइटन्समाथि दिल्लीको रोमाञ्चक जित
-
अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्व अर्थमन्त्रीसँग सुझाव
-
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि