शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरमा चिरिबाबु र मञ्जलीको अग्रता फराकिलो

मङ्गलबार, ०३ जेठ २०७९, ०८ : २३
मङ्गलबार, ०३ जेठ २०७९

ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले फराकिलो अग्रता बनाएका छन् ।​ १२४२० मत गणना हुँदा महर्जनले ७ हजार ४९६ मतको अग्रता लिएका हुन् ।

सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका महर्जनले ५ हजार ७२९ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले ३ हजार २५२  मत पाएका छन् । 

उपप्रमुखमा भने नेकपा एमालेकी मञ्जली शाक्यले ३ हजार ८४८ मतका साथ अग्रता लिएकी छन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका बाबुराज बज्राचार्यले  २ हजार ३५४ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप