काठमाडौंको शंखरापुर ७ मा राप्रपाको प्यानलै विजयी
मङ्गलबार, ०३ जेठ २०७९, ०८ : २९
काठमाडौंको शंखरापुर नगरपालिका वडा नं ७ मा राप्रपाको प्यानल नै विजयी भएको छ । राप्रपाका उम्मेदवार राधाकृष्ण श्रेष्ठ ६ सय ५७ मत ल्याउँदै वडाध्यक्षमा विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी काँग्रेसकी मीरा महर्जनले ४ सय ५७ मत पाएकी छिन् । तेश्रो स्थानमा एमालेका मानकाजी मानन्धरले ३ सय २६ मत पाएका छन् । चौथो स्थानमा एकीकृत समाजवादीका शंकरमान श्रेष्ठले १ सय २७ मत पाएका छन् ।
वडाध्यक्षमा निर्वाचित श्रेष्ठ यसअघि पनि सोही वडाका अध्यक्ष थिए । २०७४ सालमा निर्वाचित उनले नगरपालिकाबाट वितरण गरिएको सुविधाको मोटरसाइकल लिएका थिएनन् भने साँखुको ऐतिहासिक कलश पोखरी निर्माण, खानेपानी व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेका थिए । शंखरापुरमा यसअघि राप्रपाले वडा नं. ३ मा पनि विजय हात पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ