रामेछापको सुनापतीमा माओवादी विजय
रामेछापको सुनापती गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा माओवादी केन्द्रले विजय हाँसिल गरेको छ । गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार ठुलोकान्छा तामाङ निर्वाचित भएका छन् । तामाङले नेपाली काँग्रेसका उम्मेदवार कमान खड्कालाई पराजित गरेका हुन् । अध्यक्षका उम्मेदवार तामाङले ५ हजार ३९८ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार खड्काले ४ हजार ८५१ मत ल्याए ।
उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार गीता विष्ट (चौलागाईं)ले जित हाँसिल गरेकी छिन् । उपाध्यक्षमा निर्वाचित विष्टले नेपाली काँग्रेसकी उम्मेदवार शान्ति मोक्तानललाई पराजित गरिन् । चौलागाईंले ५ हजार ३६० मत हाँसिल गरेकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी शान्ति मोक्तानले ५ हजार ६८ मत ल्याइन् । सुनापतीमा दुवै पदमा माओवादी केन्द्र र नेपाली काँग्रेसको बीचमा तिब्र प्रतिस्पर्धा थियो ।
नेकपा एमालेका गाउँपालिका अध्यक्षका उम्मेदवार ज्ञान कुमार योञ्जन प्रतिस्पर्धामा पछाडि परेका छन् ।
माओवादी केन्द्रले सो गाउँपालिकाको वडा नम्बर–२, ३, ४ र ५ मा पनि जित हाँसिल गरेको छ । वडा नम्बर–२ को अध्यक्षमा पदमबहादुर थापा निर्वाचित भएका छन् । वडा अध्यक्षमा विजयी भएका थापाले १ हजार ७१ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार वेनबहादुर थापा मगरले ९ सय ८२ मत ल्याएका छन् । सो वडामा नेकपा एमालेका उम्मेदवार पदमबहादुर थापा मगर ११२ मतमा सीमित भएका छन् ।
वडा नम्बर–५ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार चित्रबहादुर मानन्धर निर्वाचित भएका छन् । मानन्धरले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार जनककुमार खड्कालाई १५३ मतले पराजित गरेका छन् । सुनापती–३ मा माओवादी केन्द्रका कुलबहादुर थिङ र वडा नम्बर–४ मा डण्डुप लामा निर्वाचित भएका छन् । सुनापती गाउँपालिका वडा नम्बर–१ मा नेपाली काँग्रेसका उम्मेदवार ध्रुव चौलागाई निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी