काठमाडौँको शंखरापुर–७ मा राप्रपाको प्यानलै विजयी
मङ्गलबार, ०३ जेठ २०७९, ०८ : ४७
काठमाडौँको शंखरापुर नगरपालिका वडा नं ७ मा राप्रपाको प्यानल नै विजयी भएको छ । राप्रपाका उम्मेदवार विष्णु प्रसाद श्रेष्ठ ६ सय ५७ मत ल्याउँदै वडाध्यक्षमा विजयी भएका हुन् ।
उनका निकटम प्रतिस्पर्धी काँग्रेसका सुरेन्द्र नाथ श्रेष्ठले ४ सय ५७ मत पाएका छन् । तेस्रो स्थानमा एमालेका दिपेन्द्रलाल सिंहले ३ सय २६ मत पाएका छन् । चौथो स्थानमा एकीकृत समाजवादीका बालकृष्ण सिंह डंगोलले १ सय २७ मत पाएका छन् । वडाध्यक्षमा निर्वाचित श्रेष्ठ यसअघि पनि सोही वडाका अध्यक्ष थिए । शंखरापुरमा यसअघि राप्रपाले वडा नं। ३ मा पनि विजय हात पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु
-
‘फास्ट ट्रयाक’का २ वटा सुरुङमार्ग २ महिनाभित्र ‘ब्रेक थ्रु’ हुने
-
इलाममा करेन्ट लागेर एक जनाको मृत्यु
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्ने
-
स्वास्थ्य मन्त्रालयले कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारबाही गर्ने
-
केन्द्रीय चिडियाखानामा विद्युतीय सवारी, तस्बिरहरू