शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओलीको गृहनगर दमकमा गठबन्धनका थापालाई ८६९ मतले अग्रता

मङ्गलबार, ०३ जेठ २०७९, ०८ : ५१
मङ्गलबार, ०३ जेठ २०७९

झापाको दमकमा गठबन्धनका तर्फबाट प्रमुखको उम्मेदवार बनेका राप्रपाका रामकुमार थापालाई ८ सय ६९ मतले अग्रता पाएका छन् । एमालेबाट प्रमुखको उम्मेदवार बनेकी गीताकुमारी पौडेल अधिकारीलाई ६ हजार ६ सय ८४ मत प्राप्त भएको छ ।

यस्तै उपप्रमुखमा एमालेका अम्बिकाप्रसाद खनाल ७ हजार ५ सय ९२ मतका साथ अग्रस्थानमा छन् भने गठबन्धनको तर्फबाट कांग्रेसकी रेगिना भट्टराई ७ सय २ सय ३१ मतका साथ दोस्रो स्थानमा छिन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकको मत परिणामलाई चासोका साथ हेरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप