शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शारदा नपामा काँग्रेस, कपुरकोटमा समाजवादी विजयी

मङ्गलबार, ०३ जेठ २०७९, ०८ : ५६
मङ्गलबार, ०३ जेठ २०७९

सल्यानको शारदा नगरपालिकामा नेपाली काँग्रेस प्रकाश भण्डारीले छ हजार १२७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का मनोज प्रधानले चार हजार ९३७ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा काँग्रेसकै सुस्मिता सापकोटाले पाँच हजार ३८० मत प्राप्त  विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका रमेश गौतमले चार हजार ५२२ मत प्राप्त गरे । शारदा नपामा यसअघि पनि दुवै पदमा काँग्रेस विजयी भएको थियो । 

नगरपालिकाभित्रका १५ वडामध्ये काँग्रेसले आठ वडाध्यक्ष, एमालेले पाँच  र माओवादी र  समाजवादीले एक–एक वडाध्यक्ष जितेका छन् । यस्तै कपुरकोट गाउँपालिकामा एकीकृत समाजवादीका दुर्गा पुनले तीन हजार १६० मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भीमबहादुर सेनले दुई हजार ९३६ मत प्राप्त गरेका छन् ।

यसैगरी उपाध्यक्षमा  माओवादीका प्रकाश भण्डारीले तीन हजार २४० मत प्राप्त गरी  विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका  भीम बुढाथोकीले दुई हजार ७४५ मत प्राप्त गरेका छन् । छवटा वडा रहेको कपुरकोटमा तीन वडामा एमाले, एक वडामा काँग्रेस, एक वडामा माओवादी  र एक वडामा राप्रपा विजयी भएका छन् । 

दश वटा स्थानीय तह रहेको जिल्लामा हालसम्म पाँच स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ भने पाँच तहमा मतगणना भइरहको छ । हालसम्मको मतपरिणाम अनुसार कालीमाटी  र छत्रेश्वरी गाउँपालिकामा एमाले र वागचौर , वनगाड कुपिण्डे नगरपालिका सहित र दार्मा गाउँपालिकामा माओवादीको अग्रता कायम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप