धरानको मेयर - उपमेयरमा गठबन्धनको अग्रता
मङ्गलबार, ०३ जेठ २०७९, ०९ : ०१
धरान उपमहानगरपालिकामा १७ हजार ४९५ मत गनिसक्दा गठबन्धनका प्रमुख उम्मेदवार किशोर राई ५ हजार १११ मतसहित अग्रस्थानमा छन । उनलाई स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ४ हजार ४५० मत ल्याएर पछ्याइरहेका छन् । एमालेकी उम्मेदवार मन्जु भण्डारी भने ४ हजार ४३४ मतसहित तेस्रो स्थानमा छिन् ।
यस्तै उपप्रमुखमा गठबन्धनका माओवादी उम्मेदवार अइन्द्र बेघा ५ हजार ७६० मत सहित अगाडि छन् भने एमालेका पदम लिम्बूले ५ हजार ३९९ मतका साथ दोस्रो स्थानमा छन् ।