डडेल्धुराको भागेश्वरमा वडादेखि पालिकासम्म काँग्रेस विजयी
मङ्गलबार, ०३ जेठ २०७९, ०९ : २४
डडेल्धुराको भागेश्वर गाउँपालिकामा नेपाली काँग्रेसले जित हासिल गरेको छ । काँग्रेस वडादेखि पालिकासम्म विजयी भएको हो ।
हेमराज चटौत २ हजार ३११ मतसहित अध्यक्षमा विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी एमालेका रामबहादुर शाहीले १ हजार ७८ मत ल्याए । उपाध्यक्षमा काँग्रेसकै पुष्पा ठकुराठी २ हजार ३४८ मतसहित विजयी भएकी छन् । प्रतिस्पर्धी माओवादी केन्द्रकी गीता भट्टले ८३२ मतमात्र ल्याइन् ।
पाँच वडा रहेको भागेश्‍वरमा चार वडामा काँग्रेस विजयी भएको छ । एक वडामा भने स्वतन्त्र उम्मेदवारले जित हात पारेका छन्। १ मा स्वतन्त्र उम्मेदवार मणिकराज भट्ट ३५४ मतका साथ विजयी भए । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका रामबहादुर ठकुरीले ३०८ मत ल्याए । भागेश्वर काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरको गृहपालिका हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी प्रिमियर कप क्रिकेट : नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य
-
सुप्रिम सहकारी प्रकरण: थुनछेक बहस सकियो
-
१२ बलमा १७ रन बनाउँदै आउट भए करण केसी
-
मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी
-
नेपालले सातौँ विकेट गुमायो, दुई रन बनाउँदै आउट भए सोमपाल
-
अर्धशतक बनाउँदै आउट भए सन्दीप जोरा