दैलेख सदरमुकाममा एमालेले गुम्न दिएन वर्चश्व
दैलेख सदरमुकाम रहेको नारायण नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै एमालेका उम्मेदवारहरू विजयी भएका छन् । नगरप्रमुखमा एमालेका लोमन शर्माले ५४३६ मत प्राप्त गर्दै विजयी भएका छन् । गठबन्धनबाट काँग्रेसका निर्मलाकुमारी खड्का (थापा)ले ५३५७ मत प्राप्त गरेकी छन् ।
उपप्रमुखमा पनि एमालेकै तप्ताकुमारी थापाले ५६७३ मत ल्याएर विजयी भएका हुन् । गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी सावित्री मल्ल पराजित हुन पुगिन् हुन् । मल्लले ३८३८ मत प्राप्त गरेकी छन् भने उनी निवर्तमान उपप्रमुख समेत हुन् । ०७४ मा उनले एमालेबाट जितेकी थिइन् । त्यतिबेलन उनले ४ हजार ८६६ मत ल्याएकी थिइन् । एमाले विभाजन पछि उनी एकीकृत समाजवादीमा लागेकी हुन् । उनले यो पटक ०७४ मै ल्याएको मत परिणामलाई जोगाउन सकिनन्।
सदरमुकामसमेत रहेको यो पालिकालाई जित्नु प्रतिष्ठाको विषय थियो । ०७४ मा जितेको एमालेले आफ्नो गढलाई बचाउनेमा दुविधा थियो । यद्यपि यो पटक पनि एमालेले नै जित्न सफल भयो । ०७४ मा एमालेका रत्नबहादुर खड्काले चार हजार ७२५ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका मणिराम रेग्मीले चार हजार ४५१, माओवादीका दानबहादुर महताराले ३९९ र राप्रपाका गंगाराम बस्नेतले ६११ मत पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ वटा मुद्दा लागेका ‘डाँका’ पेस्तोलसहित पक्राउ
-
धरहराको कम्पाउण्ड सिसाको प्रतीक्षालय (तस्बिरहरू)
-
कर्णालीमा राप्रपा तटस्थ
-
पूर्वमुख्यमन्त्री शर्माले भने– कसैले कसैलाई दोष लगाएर केही हुनेवाला छैन
-
कोशीको लगातार छैटौँ हार, कर्णाली ५ विकेटले विजयी
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा