शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जीतपुर सिमराको प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमाले अगाडि

मङ्गलबार, ०३ जेठ २०७९, ०९ : ३७
मङ्गलबार, ०३ जेठ २०७९

बाराको जीतपुर सिमरा उपमहानगरमा जारी मतगणनामा गठबन्धनका उम्मेदवार राजन पौडेलले १२ हजार ५४६ मत ल्याएका छन् भने उनका प्रतिष्पर्धा एमालेकी सरस्वती चौधरीले ११ हजार ६१२ मत ल्याएकी छन् । १६ वटा वडाको मतपरिणाम घोषणा भइसक्दा एमालेकी चौधरी भन्दा गठबन्धनका उम्मेदवार पौडेल ९३४ मतले अगाडि छन् ।

त्यसैगरी उपप्रमुखमा गठबन्धनकी उम्मेदवार मेघा शाहीलाई उछिन्दै एमालेका उम्मेदवार भोला अधिकारी ३३७ मतले अगाडि देखिएका छन् । एमालेका उम्मेदवार अधिकारीले ११ हजार ८५५ मत ल्याएका छन् भने शाहीले ११ हजार ५१८ मत ल्याएकी छन् । तेस्रो स्थानमा रहेको लोसपा प्रमुखका उम्मेदवार संजयकुमार साहले ३ हजार ८९० मत ल्याएका छन् भने उपप्रमुखमा बिपि मोक्त्तानले ३ हजार ६४३ मत ल्याएकी छन् ।

२४ वटा वडा रहेको उपमहानगरमा हालसम्म १६ ओटा वडा गणना भइसकेको छ भने ८ वटा वडा गणना हुन बाँकी छ । हालसम्म मतगणना भएको वडाहरुमध्ये ९ वटा वडामा नेकपा एमाले,५ वडामा नेपाली काँग्रेस र २ वटा वडामा माओवादी केन्द्र विजयी भएको छ । २०७४ को निर्वाचनमा माओवादी केन्द्र विजयी भएका अधिकांश वडामा अहिले एमालेका उम्मेदवार विजयी भएका छन् । सत्तारुढ गठबन्धनले महानगर र उपमहानगर प्रमुख÷उपप्रमुखमा मात्रै गठबन्धन त्यसको असर वडाहरूमा देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप