मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार ४ हजार मतले अगाडि

मङ्गलबार, ०३ जेठ २०७९, ०९ : ५४
मङ्गलबार, ०३ जेठ २०७९

वीरगञ्ज महानगरपालिकामा पाँच दलीय गठबन्धनका महानगर प्रमुखका साझा उम्मेदवार राजेशमान सिंहले ७ हजार ३२० मत ल्याएका छन् । सिंहका निकटतम प्रतिस्पर्धी एमालेका विजय सरावगीले ३ हजार ३२० मत प्राप्त गरेका छन् ।

महानगरप्रमुखमा एमालेका सरावगी भन्दा गठबन्धनका उम्मेदवार सिंहले ४ हजार मतले अगाडी छन् । साथै प्रमुखमा राप्रपाका उम्मेदवार गिरीश गिरीले २५० मत ल्याएका छन् । महानगर उपप्रमुखमा गठबन्धनका उम्मेदवार इम्तियाज आलमले ४ हजार ९३२  मत ल्याएका छन् भने एमालेसँग गठबन्धन गरेको लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झाले ७८३ मत प्राप्त गरेका छन् । महानगर उपप्रमुखमा स्वतन्त्र उम्मेदवार रम्भा मिश्रले ५६० राप्रपाकी उम्मेदवार बिना जयसवालले ३८९ मत ल्याएकी छिन् । महानगरमा हालसम्म वडा नं १,२,३,४,३० र ३१ गरी ६ वटामा मतगणना भइसकेको छ । हालसम्म प्रमुखमा ३ हजार ८१५ मत बदर भएको छ भने उपप्रमुखमा ७ हजार ८२५ मत बदर भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप