नवौं राष्ट्रिय खेलकुद सर्ने सम्भावना
मङ्गलबार, ०३ जेठ २०७९, १० : २९

यही जेठको अन्तिम साता गण्डकी प्रदेशमा हुने तय भएको नवौं राष्ट्रिय खेलकुद पछाडि सर्ने भएको छ । कोभिड-१९ महामारीका कारण दुई वर्ष ढिलो भइसकेको नवौं राष्ट्रिय खेलकुद २२ देखि २८ जेठसम्म गण्डकी प्रदेशमा हुने तय भइसकेको थियो ।
तर, प्रतियोगिता सुरु हुन १९ दिन मात्रै बाँकी रहँदा कुनै पनि कमिटी बनिनसकेको र टेन्डर आह्वानका लागि आवश्यक ३५ दिनको समयसीमा पनि नपुग्ने भएकाले प्रतियोगिता सर्ने पक्का भएको स्रोतले बतायो । प्रतियोगिता सर्ने भएसँगै दशैं अगाडि सक्ने गरी नवौं राष्ट्रिय खेलकुदको मिति तय गर्ने तयारी भइरहेको छ ।
नवौं राष्ट्रिय खेलकुदका लागि लोगो, मस्कट र नारा मात्र सार्वजनिक भएको छ । यस्तै ३८ खेलमा प्रतिस्पर्धा गराउनेसमेत तय गरिसकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद चौधरीको ताकेतापछि नवलपरासीका उखु किसानले पाए अनुदान बापतको रकम
-
निष्क्रिय भए संसदीय समिति : ‘माननीय सदस्यहरू’हराएपछि फोन घुमाउँदै सभापतिहरू
-
प्रधानमन्त्री दाहाल स्वदेश फर्किए
-
मिनभवनस्थित गणेश अवालेको जग्गा वैद्य माओवादीद्वारा कब्जा
-
नेपाली कांग्रेस लुम्बिनीको प्रदेश सम्मेलन सम्पन्न : पार्टीको तल्लो तहलाई बलियो बनाउन माग
-
शमशेर मियाँसमेत ४ जनालाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित गराइँदै