
रामेछापको गोगुकलगंगामा अध्यक्ष र उपाध्यक्ष काँग्रेसका विजयी

रामेछापको गोकुलगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । यो पालिकामा अध्यक्ष र उपाध्यक्षमा क्रमश काँग्रेसका काजीबहादुर खड्का र उषादेवी कार्की निर्वाचित भएका हुन् ।
खड्काले ६ हजार ९३ मत ल्याएर अध्यक्ष जित्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका खड्गबहादुर सुनुवारले ४७१० मत ल्याएका छन् । उपाध्यक्षमा कार्कीले ५ हजार २ सय ५३ मत ल्याउँदा प्रतिद्वन्द्वी एमालेकी राधिका श्रेष्ठले ४ हजार ६ सय ८६ मतमात्र ल्याइन् ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा गोकुलगंगामा एमालेबाट खड्ग सुनुवार र राधिका श्रेष्ठ निर्वाचित भएपनि यो पटक एमालेले गुमाउन पुगेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ