शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाबुरामले भने - जनताले एउटा खराबको ठाउँमा अर्को खराबलाई भोट हाल्दैछन्

मङ्गलबार, ०३ जेठ २०७९, १० : ५८
मङ्गलबार, ०३ जेठ २०७९

जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनता स्थापित दलहरूसँग सन्तुष्ट नरहेको बताएका छन् । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको परिणाम आइरहेको बेला उनले यस्तो प्रतिक्रिया जनाएका हुन् । 

‘समग्र समीक्षा हुँदैगर्ला तर अहिलेसम्मको प्रवृत्तिबाट भन्न सकिन्छ-जनता स्थापित दलहरूबाट सन्तुष्ट छैनन् !,’ उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । सत्तामा शुन्यता होला भन्ने डरले मात्र जनताले उठेका मतदातालाई मत दिएको दाबी उनले गरेका छन् । जनतासँग विकल्प नहुँदा यस्तो अवस्था सृजना भएको उनले जनाएका छन् । 

‘नो भोटको प्रावधान नहुँदा र सत्तामा शुन्यता हुननसक्ने हुँदा पहिले एउटा खराबले जितेको ठाउँमा (भक्तपुर बाहेक) अहिले अर्को खराबलाई वा नयाँ व्यक्तिलाई हाल्दैछन् ! दुःखद कुरा विकल्प पनि छैन !’, उनले भनेका छन् । ७५३ स्थानीय तहमा भएको निर्वाचनमा डा. भट्टराईको पार्टी जसपाले हालसम्म मात्र ३ पालिकाको प्रमुख जित्न सफल भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप