शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

मङ्गलबार, ०३ जेठ २०७९, १२ : ३४
मङ्गलबार, ०३ जेठ २०७९

झापामा ९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा मेचीनगर नगरपालिका–१० खनाल बस्ती बस्ने ३४ वर्षीय बिपुल राजबंशीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

बालिकालाई उनकै घरमा ललाई फकाई बिपुलले वैशाख २५ गते बिहान बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप