बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपालले युगान्डालाई दियो १०२ रनको लक्ष्य

मङ्गलबार, ०३ जेठ २०७९, १४ : ५५
मङ्गलबार, ०३ जेठ २०७९

पाहुना टोली युगान्डाले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीविरुद्धको दोस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा जितका लागि १०२ रनको लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०१ रन बनायो ।

नेपालका लागि विन्दु रावलले २६ रनको योगदान गरिन् । त्यस्तै सरिता मगरले २२ रन बनाउँदा रुविना क्षेत्रीले १७ रन बनाइन् । डली भट्टले ९ बनाउँदा सीता रानामगरले ६ र इन्दु बर्माले ५ रनको योगदान गरिन् ।

बलिङतर्फ युगान्डाका लागि जेनेत बावाजीले दुई विकेट लिइन् । त्यस्तै इभनेली एनिपो र रिता मुसामानीले एक–एक विकेट लिइन् । पहिलो खेलमा १२ रनले पराजित भएको नेपाल आजको खेलमा जित निकाल्ने योजनामा छ ।

आजको खेलमा सजह जित निकाल्दै नेपाल सिरिजमा १–१ को बराबरी गर्ने योजनामा छ । यता युगान्डा भने लगातार दोस्रो जित निकाल्ने योजनामा छ । पाँच खेलको सिरिजमा युगान्डा १–० ले अघि रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप