शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

युगान्डासँग नेपालको दोस्रो हार

मङ्गलबार, ०३ जेठ २०७९, १६ : ३०
मङ्गलबार, ०३ जेठ २०७९

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली दोस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा युगान्डाविरुद्ध १ विकेटको हार ब्यहोरेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १०२ रनको लक्ष्य पछ्याएको युगान्डाले १९ ओभर ५ बलमा ९ विकेट गुमाएर पूरा गर्यो ।

युगान्डाका लागि रिता मुसामालीले सर्वाधिक ३० रनको योगदान गरिन् । त्यस्तै फ्रान्कीलिन नाजुम्बाले १७ रन बनाउँदा जनेत बाबाजीले रनको योगदान गरिन् । बलिङतर्फ नेपालका लागि कविता कुँवर र सबनम राईले दुई–दुई विकेट लिइन । त्यस्तै सीताराना मगर र रुबिना क्षेत्रीले एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै रन बनाएको थियो । नेपालका लागि विन्दु रावलले २६ रनको योगदान गरिन् । त्यस्तै सरिता मगरले २२ रन बनाउँदा रुविना क्षेत्रीले १७ रन बनाइन् ।

डली भट्टले ९ बनाउँदा सीता रानामगरले ६ र इन्दु बर्माले ५ रनको योगदान गरिन् । बलिङतर्फ युगान्डाका लागि जेनेत बावाजीले दुई विकेट लिइन् । त्यस्तै इभनेली एनिपो र रिता मुसामानीले एक–एक विकेट लिइन् ।

यो जितसँगै युगान्डाले पाँच खेलको सिरिजमा २–० को अग्रता बनाएको छ । दुई टोलीबीचको तेस्रो खेल बिहीबार हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप