शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मोबाइलमा इसेवाको एप ५२ लाख पटक डाउनलोड, ग्राहक संख्या ६० लाख

मङ्गलबार, ०३ जेठ २०७९, १६ : ४१
मङ्गलबार, ०३ जेठ २०७९

भुक्तानी सेवा प्रदायक इसेवाको मोबाइल एप्स् एण्ड्रोइड मोबाइलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ । योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ ।  नेपालमा इसेवाले नेपाल टेलिकम र एनसेलपछि सबैभन्दा धेरै ग्राहकलाई सेवा दिने कम्पनीका रुपमा काम गरिरहेको जनाएको छ । 

स्थापना भएको १३ वर्षमा इसेवाको मोबाइल एप्स् एण्ड्रोइड मोबाइलमा ५२ लाख र आइओस् मोबाइलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको कम्पनीले जनाएको छ । 

एण्ड्रोइडमा ५० लाख बढी ग्राहक संख्या पुगेको अवसरमा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, “बढ्दो मोबाइल प्रयोगकर्ताको संख्या र इन्टरनेटको पहुँचका कारणले एप्स्हरुमा आकर्षण बढ्दो छ । ग्राहकको आवश्यकता र मागलाई मध्यनजर गर्दै इसेवाले आफ्ना सेवाहरु मोबाईल एप्स्मा  अझै परिस्कृत रुपमा प्रस्तुत गर्दै आगामी दिनमा थप सेवा र सुविधा प्रदान गर्न प्रतिबद्ध छौँ” । 

५० लाख मोबाइल एप्स् डाउनलोड भएको अवसरमा इसेवाले बुधबारका लागि “५० लाखको कमाल, क्यासब्याक बबाल” अफर सार्बजनिक गरेको छ ।  यस अफर अन्तरगत इसेवा प्रयोगकर्ताले बुधवार हरेक घण्टा ५ प्रतिशतको क्यासब्याक अफर प्राप्त गर्नेछन् भने बेलुकी ५ः५५ देखि ५ः५६ सम्म हरेक ग्राहकले हरेक मोबाइल टपअपमा रू ५५ क्यासब्याक प्राप्त गर्ने कम्पनीले जनाएको छ । 

यस अफर अन्तरगत हरेक घण्टा विभिन्न सेवामा ५ प्रतिशत छुट प्राप्त गर्न सकिन्छ । अफर अन्तरगत बिहान ७ बजेदेखि ८ बजेसम्म मनकामना टिकट खरिद, ८ बजेदेखि ९ बजेसम्म कुनैपनि कम्पनीको मोबाईलमा टप्अप्, ९ देखि १० बजेसम्म डाटा प्याक खरिद , १० देखि ११ बजेसम्म विभिन्न आइएसपीको इन्टरनेट शुल्क भुक्तानी, ११ देखि १२ बजेसम्म ई–लर्निङ्गको शुल्क भुक्तानीमा ५ प्रतिशत क्यासब्याक प्राप्त गर्न सकिनेछ । यसैगरि १२ देखि दिउसो १ बजेसम्म एयरलाइन्स टिकट, १ देखि २ बजेसम्म ई–कमर्समा सपिङ्ग तथा बिल भुक्तानी, २ देखि ३ बजेसम्म इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, ३ देखि ४ बजेसम्म विद्युत् महशुल भुक्तानी तथा ४ देखि ५ बजेसम्म टेलिभिजन रिचार्ज तथा टप्अपमा ५ प्रतिशत क्यासब्याक पाइनेछ । यसैगरि बेलुकी ५ः५५ देखि ५ः५६ सम्मको एक मिनेटमा कुनैपनि ग्राहकले मोबाईल टपअप सेवामा रू ५५ क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप