शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाललाई अन्तर्राष्ट्रिय उत्पादन शृङ्खलामा जोडिन्छ – अर्थमन्त्री शर्मा

मङ्गलबार, ०३ जेठ २०७९, १७ : २७
मङ्गलबार, ०३ जेठ २०७९

अर्थमन्त्री जनार्दन शर्माले नेपाललाई अन्तर्राष्ट्रिय उत्पादन श्रृङ्खला प्रणालीमा आबद्ध गराउने बताएका छन् । उनले आगामी आर्थिक वर्षको बजेटमा नेपाललाई अन्तर्राष्ट्रिय उत्पादन श्रृङ्खलामा आबद्ध गर्नेगरी योजना ल्याउने बताएका हुन् ।

‘आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि कृषि र उद्योग क्षेत्रका तर्फबाट आधारभूत उपभोग्य वस्तुको उत्पादन वृद्धि गरिनेछ’ उनले भने । यस्तै, स्वदेशी कच्चा पदार्थमा आधारित वस्तुको उत्पादन बढाएर आयात प्रतिस्थापन गर्दै निर्यातमा जोड दिइने उनले बताए ।

‘अन्तर्राष्ट्रिय मूल्य श्रृङखलामा आबद्ध वस्तुको उत्पादन नेपालमा गर्न आवश्यक वातावरण निर्माण गर्दै सहजीकरण गरिने छ,’ उनले प्रतिनिधि सभामा बोल्दै भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप