शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रस्तावित विनियोजित बजेटको सिद्धान्त तथा प्राथमिकतामाथि जेठ ४ र ५ गते छलफल हुने

मङ्गलबार, ०३ जेठ २०७९, १७ : ३०
मङ्गलबार, ०३ जेठ २०७९

संघीय संसदमा प्रस्तावित विनियोजन बजेटको सिद्धान्त तथा प्राथमिकताको सम्बन्धमा जेठ ४ र ५ गते छलफल हुने भएको छ । मंगलबार अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको दुबै सदनमा आगामी आर्थिक वर्षको विनियोजित बजेटको सिद्धान्त तथा प्राथमिकता पेश गरेसँगै सभामुख अग्निप्रसाद सापकोटाले उक्त प्रस्तावित विधेयकमाथि जेठ ४ र ५ गते छलफल हुने जानकारी दिए । 

अर्थमन्त्री शर्माले आगामी बजेटले शिक्षा, स्वास्थ्य, रोजगारी, भौतिक पूर्वाधारको क्षेत्रमा विशेष प्राथमिकता दिनुका साथै करमुखी अर्थतन्त्रलाई परिवर्तन गर्दै मुलुकलाई उत्पादनमुखी अर्थतन्त्रमा लाने बजेटको सिद्धान्त तथा प्राथमिकता रहेको प्रस्ताव पेस गरेका छन् । 

योसँगै आज संयुक्त रुपमा बसेको प्रतिनिधि सभाको दुबै सदन बन्द भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप