शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निजी क्षेत्रलाई आर्थिक विकासको इन्जिनका रूपमा अघि बढाइन्छ : अर्थमन्त्री शर्मा

मङ्गलबार, ०३ जेठ २०७९, १७ : ५६
मङ्गलबार, ०३ जेठ २०७९

सरकारले आगामी आर्थिक वर्षदेखि नेपालको निजी क्षेत्रलाई आर्थिक वृद्धिको इन्जिनका रूपमा अघि बढाउने भएको छ । आगामी आर्थिक वर्षको बजेटबाट निजी क्षेत्र मैत्री नीति र कार्यक्रम निर्माण गर्दै निजी क्षेत्रलाई आर्थिक विकासको इन्जिनको रूपमा अघि बढाइने भएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा विनियोजन विधेयक पेश गर्दै निजी क्षेत्र मैत्री कानून निर्माण गर्ने जानकारी दिए । ‘निजी क्षेत्रलाई आर्थिक विकासको इन्जिनका रूपमा अघि बढाउन निजी क्षेत्र मैत्री कानून र नीति अघि बढाइने छ,’ अर्थमन्त्री शर्माले भने ।

यस्तै, अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान बढाउने गरी निर्माणाधिन औद्योगिक क्षेत्र र औद्योगिक ग्राम आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न गरिने अर्थमन्त्री शर्माले बताए । यस्तै, उत्पादनमूलक उद्योग स्थापना र सञ्चालनमा प्रोत्साहन गर्नेगरी बजेट ल्याउने बताएका शर्माले उद्योग स्थापनामा विदेशी लगानीलाई समेत प्रोत्साहन गरिने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप