बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भाडा बढेसँगै अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा कहाँ कति पुग्यो  ? (सूचीसहित)

मङ्गलबार, ०३ जेठ २०७९, १८ : २३
मङ्गलबार, ०३ जेठ २०७९

सरकारले जेठ ४ गतेदेखि लागू हुनेगरी अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा बढाएको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै भाडा समायोजन गरेको सरकारले न्यूनतम ३.५ प्रतिशतदेखि ५.१ प्रतिशतसम्म भाडा वृद्धि गरेको जनाएको छ ।

मंगलबार सूचना जारी गरेको यातायात व्यवस्था विभागले यात्रु वाहक सवारी साधनको साविकको भाडा ३.५ प्रतिशतले वृद्धि गरिएको, पहाडी जिल्लामा चल्ने मालवाहक सवारीको ३.६ प्रतिशतले र तराई क्षेत्रको बाटोमा चल्ने मालवाहक सवारीको ५.१ प्रतिशतले बढाइएको जनाएको छ । योसँगै अन्तरप्रदेश सञ्चालन हुने सवारी साधनको भाडासँगै ढुवानीको भाडा समेत बढ्ने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप