बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मङ्गलबार, ०३ जेठ २०७९, २१ : १६
मङ्गलबार, ०३ जेठ २०७९

पाँच वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ शुक्लागण्डकी नगरपालिका-११ कंडाले घर भएका ६१ वर्षीय होम बहादुर बिकलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

स्याङजा हरिनास गाउँपालिका-४ राम्चेस्थित नातेदारको घरमा आएका बिकले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित चौतारीमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चिसापानी र प्रहरी चौकी चित्रेभन्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप