शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा राप्रपाको उदय : ४ सय ९८ मतान्तरले शंखरापुरमा रमेश नापित मेयरमा विजयी

मङ्गलबार, ०३ जेठ २०७९, २२ : ००
मङ्गलबार, ०३ जेठ २०७९

काठमाडौंको शंखरापुर नगरपालिका प्रमुखमा राप्रपाका रमेश नापित विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उम्मेदवार एलपी श्रेष्ठलाई ४९८ मतको अन्तरले पराजित गर्दै काठमाडौंमा राप्रपाको नयाँ इतिहास रच्न सफल भएका हुन् ।  निर्वाचन आयोगका अनुसार नापितले ४७०० मत ल्याउँदा समाजवादीका उम्मेदवार लक्ष्मीप्रसाद श्रेष्ठले ४२०२ मत ल्याएका छन्।

०६२–६३ पछि भएका स्थानीय तहको दुई निर्वाचनमा राप्रपाले काठमाडौंमा पहिलोपटक नगरपालिकाको प्रमुख पदमा विजय प्राप्त गरेको हो । शंखरापुरमा राप्रपाले तीनवटा वडा समेत जित्न सफल भएको छ । वडा नं ३ मा सूर्य तामाङ, वडा नं ६ मा राधाकृष्ण श्रेष्ठ र वडा नं ७ मा विष्णुकुमार श्रेष्ठले वडा अध्यक्षमा प्यानलसहित जितेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप