शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पर्वतको जलजलामा गठबन्धनको जित

मङ्गलबार, ०३ जेठ २०७९, २२ : २३
मङ्गलबार, ०३ जेठ २०७९

पर्वतको जलजला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) का उम्मेदवार निर्वाचित भएका छन् । मोहनचोकस्थित जलजला गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार दिउँसो सम्पन्न मतगणनाको परिणामअनुसार अध्यक्षमा काँग्रेसका राजुप्रसाद आचार्य र उपाध्यक्षमा माओवादीका दीपक आचार्य (आकाश) विजयी भएका हुन् । 

अध्यक्षमा निर्वाचित राजुले पाँच हजार ६५७ र उपाध्यक्षमा निर्वाचित दीपकले चार हजार ७९२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अध्यक्षमा एमालेका लालबहादुर अधिकारीले चार हजार १८४ र उपाध्यक्षमा एमालेकी सुनिता वरुवालले चार हजार ७१५ मत पाएका छन् । उपाध्यक्षमा ७७ मतले वरुवाललाई आचार्यले पराजित गरेका हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप