प्रधानसेनापति शर्मा र फ्रान्सेली कार्यवाहक राजदूतबीच भेटवार्ता
मङ्गलबार, ०३ जेठ २०७९, २३ : १९
प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि फ्रान्सका कार्यवाहक राजदूत लीला देवराड्जलोउबीच जङ्गी अड्डामा भेटघाट भएको छ । प्रधान सेनापति शर्माको कार्यकक्षमा आज भएको उक्त भेटघाटमा मित्रराष्ट्र फ्रान्सका गैह्रआवासीय सैनिक सहचारी र सहायक सैनिक सहचारीको समेत उपस्थिति रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
भेटवार्ता पश्चात् फ्रान्सका गैह्रआवासीय सैनिक सहचारी र सहायक सैनिक सहचारीले सैनिक इन्टेलिजेन्स निर्देशनालयका निर्देशक सहायक रथी सागरबहादुर थापा तथा विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी यामप्रसाद ढकालसँग भेटघाट गरेका थिए । साथै उनीहरुले महाराजगञ्जस्थित प्यारा तालिम शिक्षालयको अवलोकन भ्रमणसमेत गर्नुभएको निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा