शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जापानमा ५.६ म्याग्‍निच्यूडको भूकम्प

मङ्गलबार, ०३ जेठ २०७९, २३ : २६
मङ्गलबार, ०३ जेठ २०७९

जापानमा ५.६ म्याग्‍निच्यूडको भूकम्प गएको छ । देशको कत्सुरा भन्ने ठाउँमा मङ्गलबार भूकम्प गएको अधिकारीहरूले जनाएका छन् । “ग्रिनविच मिनटाइम” (जीएमटी) अनुसार बिहान बजेर ४ मिनेट ५३ सेकेन्ड जाँदा भूकम्प आएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । 

जमिनको सतहबाट १० किलोमिटर गहिराइमा भूकम्पको केन्द्रविन्दु रहेको थियो । भूकम्पका कारण कुनै क्षति भएको विवरण प्राप्त नभएको अधिकारीहरूले जनाएका छन् ।  जापानमा बेला बेलामा साना ठूला सयौँ भूकम्प जाने गरेका छन् भने जापानले निर्माण गरेको बलियो भौतिक संरचनाका कारण यहाँ विरलै ठूलो मानवीय क्षति हुने गर्छ । 

यद्यपि भूकम्पपछिको सुनामीका कारण जापानमा भूकम्पका कारण हुने क्षति बढी खतरनाक मानिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप