
ADVERTISEMENT
काँग्रेस नेता निधिको वडामा लोसपा विजयी

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिको गृहनगर नगराईनमा लोकतान्त्रिक समाजवादी पार्टी विजयी भएको छ । काँग्रेसका देवनारायण यादवलाई पराजित गर्दै लोसपाका बुलन यादव विजयी भएका हुन् ।
लोसपाले ८ मतान्तरले काँग्रेसलाई पराजित गरेको हो । लोसपाका बुलनले ७४९ मत ल्याएका छन् भने काँग्रेसका देवनारायणले ७४१ मत प्राप्त गरेका छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा काँग्रेसबाट बुलन विजयी भएका थिए । तर यसपटक काँग्रेसबाट टिकट नपाएपछि उनी लोसपाबाट चुनाव लडेका थिए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ