शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लमजुङको राइनासको मेयरमा काँग्रेस र उपमेयरमा माओवादी विजयी

बुधबार, ०४ जेठ २०७९, ०६ : ३४
बुधबार, ०४ जेठ २०७९

लमजुङको राइनास नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा माओवादीले जितेको छ । राइनसमा नेकपा एमालेलाई पराजित गदै गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । राइनासमा गठबन्धनका कांग्रेसबाट नगरप्रमुखमा खड्कबहादुर गुरुङ र माओवादी केन्द्रका पुष्पराज खनाल विजयी भएका छन् । 

गुरुङले ५ हजार ८ सय २६ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सिंहबहादुर थापाले ४ हजार २ सय ४४ मत प्राप्त गरेका छन् । यसैगरी, नगरपालिकाको उपमेयरमा गठबन्धनको माओवादी केन्द्रबाट पुष्पराज खनाल विजयी भएका छन् ।

उनले ५ हजार ८ सय ८६ मत प्राप्त गरेका छन् । एमालेबाट उम्मेदवार बनेकी उनको निकटतम प्रतिद्वन्द्वी शोभा पन्थीले ३ हजार २ सय ३४ मत प्राप्त गरी उपाध्यक्षमा पराजित भइन् । राइनास नगरपालिकामा ०७४ को स्थानीय तहमा एमालेले प्रमुख र कांग्रेसले उपप्रमुख जितेको थियो ।

राइनास नगरपालिकाको १० वटा वडामध्ये वडा नम्बर २, ४, ६, ९ र १० मा नेपाली कांग्रेसले जितेको छ । यस्तै वडा नम्बर १, ५, ७ मा माओवादी केन्द्र, ३ मा स्वतन्त्र र ८ मा एमालेले जितेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप