शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रोमाञ्चक खेलमा हैदरावादले मुम्बईलाई ३ रनले हरायो

बुधबार, ०४ जेठ २०७९, ०६ : ४३
बुधबार, ०४ जेठ २०७९

आईपीएलमा मंगलबार साँझ भएको रोमाञ्चक खेलमा सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई ३ रनले पराजित गरेको छ । प्राविधिक रूपमा यो जितपछि हैदरावादको प्लेअफ पुग्ने आशा अझै बाँकी छ । तर, यसका लागि उनले धेरै हदसम्म अन्य टोलीको प्रदर्शनमा भर पर्नु पर्नेछ । सनराइजर्स हैदरावादको १३ खेलबाट १२ अंक छ, त्यसैले हैदरावादले अन्तिम खेल जितेर १४ अंक जोड्न सक्छ।

पहिले ब्याटिङ गरेको सनराइजर्स हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १९३ रन बनाएको थियो । जवाफमा मुम्बईको टोलीले २० ओभरमा सात विकेट गुमाएर १९० रन मात्रै बनाउन सकेको थियो । ​हैदराबादको इनिङ्समा राहुल त्रिपाठीले ४४ बलमा तीन छक्का र नौ चौकाको मद्दतले ७६ रन बनाए । ​ प्रियम गर्गले २६ बलमा चार चौका र दुई छक्काको मद्दतले ४२ रन बनाए भने निकोलस पूरनले २२ बलमा दुई चौका र तीन छक्काको मद्दतले ३८ रन बनाए ।

मुम्बईका लागि रमनदीप सिंहले २० रनमा ३ विकेट लिए । मुम्बईका लागि रोहित शर्मा र इशान किशनले पहिलो विकेटका लागि ९५ रनको साझेदारी गरे । मुम्बईको टोली सहजै खेल जित्ने दिशामा अघि बढेको देखिन थालेको थियो तर ओपनिङ जोडी विच्छेदपछि विकेटहरू लगातार गिर्दै गए ।

रोहित शर्माले ३६ बलमा चार छक्का र दुई चौकाको मद्दतले ४८ रन बनाए । जबकि इशान किशनले ३४ बलमा ४३ रन बनाए । टिम डेभिडले १८ बलमा ४६ रन बनाएर टिमलाई जितको नजिक पुर्‍याए पनि १८ औं ओभरमा उनको रन आउट भएपछि मुम्बईका लागि चुनौती कठिन बन्यो र अन्त्यमा मुम्बईको टोली जितबाट तीन रन टाढा थियो ।​ हैदरावादका लागि उमरान मलिकले २३ रनमा ३ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप