शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

झापाको कनकाई नगरप्रमुखमा एमाले र उपप्रमुखमा काँग्रेस विजयी

बुधबार, ०४ जेठ २०७९, ०६ : ४५
बुधबार, ०४ जेठ २०७९

झापाको कन्काई नगरपालिका प्रमुखमा पुनः नेकपा एमालेका तर्फबाट राजेन्द्र पोखरेल र उपप्रमुखमा नेपाली काँग्रेसका आशा शिवाकोटी निर्वाचित हुनुभएको छ । पोखरेल विसं २०७४ मा भएको स्थानीय तह निर्वाचनबाट समेत पालिकाको नगरप्रमुखमा विजयी भए  ।

पोखरेल कूल आठ हजार ६७३ मत ल्याई निर्वाचित भएका छन् । उनका निकटम् प्रतिद्वन्द्वी काँग्रेसका रुद्रप्रसाद चिमिरियाले ६ हजार ६६१ मत प्राप्त गरे । स्वतन्त्रबाट उम्मेदवार  शेरबहादुर थापाले ५ हजार ९६१ र राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामसुन्दर ओलीले दुई हजार पाँच मत पाए । 

यसैगरी उपप्रमुखमा भने काँग्रेसका शिवाकोटी १० हजार ७१३ मत प्राप्त गरी विजय भए । उनकी निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)की मञ्जु प्रसाईँले आठ हजार ८७५ मत प्राप्त गरिन् । उनले प्रसाईँलाई एक हजार ८३८ मत बढी ल्याएर पराजित गरिन् । मञ्जु यसअघि नगरउपप्रमुख थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप