शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गैंडाकोटको मेयर र उपमेयरमा काँग्रेस विजयी

बुधबार, ०४ जेठ २०७९, ०६ : ५६
बुधबार, ०४ जेठ २०७९

नवलपरासी (वर्दघाट पूर्व)को गैंडाकोट नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काँग्रेसका उमेदवार निर्वाचित भएका छन् । मेयरमा मदनभक्त अधिकारी र उपमेयरमा शान्ति कोइराला निर्वाचित भएका हुन् ।

मेयरका उमेदवार अधिकारीले निकतटम प्रतिस्पर्धी एमालेका छत्रराज पौडेललाई दुई हजार ८४९ मतान्तरले पराजित गरेका हुन् ।

अधिकारीले १६ हजार ४५५ मत प्राप्त गर्दा निवर्तमान मेयर समेत रहेका पौडेलले जम्मा १३ हजार ६०६ मत प्राप्त गरे । २०७४ को निर्वाचनमा पौडेल २०२ मतान्तरले निर्वाचित भएका थिए ।

उपमेयरकी उमेदवार काँग्रेसकी कोइराला सात हजार ४७४ मतान्तरले निर्वाचित भइन् । कोइरालाले १६ हजार ११४ मत प्राप्त गर्दा एमाले र राप्रपा गठबन्धनका उमेदवार लुलाराम पौडेलले आठ हजार ६४० मत प्राप्त गरे । 

गैंडाकोटका १८ वटा वडामध्ये १० वडामा काँग्रेसका उमेदवार निर्वाचित भए भने छ वडामा एमालेका उमेदवार निर्वाचित भए । एउटा वडामा माओवादी केन्द्रका उमेदवार निर्वाचित भए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप