मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसले एमालेबाट खोस्यो दाङको लमही नगरपालिका

बुधबार, ०४ जेठ २०७९, ०७ : ०७
बुधबार, ०४ जेठ २०७९

दाङको लमही नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । मेयरमा काँग्रेसका जोगराज चौधरी ९ हजार ३ सय १७ मतसहित विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका बसन्तराज शर्माले ७ हजार २ सय ८५ मत प्राप्त गरेका छन् । एमालेका दण्डीराम चौधरीले ५ हजार ५ सय ३ मत प्राप्त गरेका छन् । 

उपमेयरमा काँग्रेसकी लक्ष्मी योगी ८ हजार ७ सय ३७ मतका साथ विजयी भएकी छन् । उनकी निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रकी गंगा पाण्डेले ५ हजार ८ सय ४८ र एमालेकी सुशिला शर्माले ५ हजार ३ सय १२ मत प्राप्त गरेकी छन् । ९ वडामध्ये ८ वडा काँग्रेसले जितेको छ । वडा नम्बर ५ मात्रै माओवादी केन्द्रले जितेको छ । २०७४ मा मेयर जितेको एमाले यसपटक शून्य भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप