मकवानपुरको मनहरीमा विवाद, मतगणना अन्तिमतिर पुगेपछि स्थगित
बुधबार, ०४ जेठ २०७९, ०७ : ४४
मकवानपुरको मनहरी गाउँपालिकामा जारी मतगणना स्थगित भएको छ। गणनाका क्रममा विवाद उत्पन्न भएपछि कार्य अर्को सूचना नभएसम्मका लागि गणना स्थगित गरिएको हो । गाउँपालिकाको वडा नम्बर ९ को मतपेटिकालाई कपडाले नबेरेको बिषयलाई लिएर विवाद उत्पन्न भएको थियो । त्यसपछि निर्वाचित अधिकृतको कार्यालय मनहरीले अर्को सूचना जारी नभएसम्मका लागि गणना कार्य स्थगित भएको जानकारी दिएको हो ।
मतपेटि कपडाले नछोपिएको अवस्थमा भेटिएपछि राजनितिक दलका प्रतिनिधिले छोपिएको अवस्थमा हुनु पर्ने भनि विवाद निकालेपछि मतगणना कार्यलाई रोकिएको मनहरीका निर्वाचन अधिकृत पूर्णबहादुर दर्जीले बताए । मनहरीमा १ देखि ८ नम्बर वडाको मतगणना सम्पन्न भइसकेको र वडा नम्बर ९ को मात्रै मतगणना बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा