शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१३९३ मतले रेनुको अग्रता, जगन्नाथले पनि पाए ४२६५ मत

बुधबार, ०४ जेठ २०७९, ०७ : ४६
बुधबार, ०४ जेठ २०७९

भरतपुर महानगरपालिकामा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । बुधबार बिहानको मतपरिणामअनुसार दाहालले १३९३ मतको अग्रता बनाएकी छन् ।

हालसम्म ६ वटा वडाको २६२५८ मतगणना सम्पन्न हुँदा मेयरका उम्मेदवार रेनु दाहालले ९४४७ मत पाएकी छन् । यस्तै एमालेका विजय सुवेदी ८०५४ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले पनि ४२६५ मत पाएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप