
तिरहुत गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस विजयी

सप्तरीको तिरहुत गाँउपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । पालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसबाट विजय कुमार यादवले ३ हजार ५ सय ५६ मत ल्याइ विजय भएका हुन् भने उनका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका हेमन्त बहडखैर (मनोज) २ हजार ९ सय १८ मत ल्याए । नेकपा एमालेका दिनेश भदेसवार यादवले २हजार ८ सय ५७मत प्राप्त गरे ।
यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकै विणा देवी यादव निर्वाचित भएका छन्। त्यस्तै, तिरहुत गाँउपालिकाको वडा नं. १ मा जसपा, वडा नं. २ मा एमाले, वडा नं. ३ मा जसपा, वडा नं. ४ मा नेपाली कांग्रेस र वडा नं. ५ मा कांग्रेस अध्यक्ष पदमा निर्वाचित भएका छन्।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ